इटहरी : इटहरीको एपेक्स अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएपछि आन्दोलनरत पीडित र अस्पताल प्रशासनबीच अझै सहमति जुटेको छैन ।
बिहीबार बिहानदेखि नै आन्दोलनरत पीडितका आफन्त र अस्पताल प्रशासनबीच अझै सहमति नजुट्दा घटनाले झन् उग्ररुप लिदैँ गएको छ ।
अहिले पीडित र अस्पताल प्रशासनबीच वार्ता भइरहेपनि सहमति नभइसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
यतिबेला बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ भने पीडितका आफन्त अस्पताल परिसरमा ढुंगामुढा प्रहार गरिरहेका छन् ।
प्रदर्शनका कारण बिहान पूर्व–पश्चिम राजमार्ग अबरुद्ध बनेको थियो भने अहिले राजमार्गमा सवारी कुदिरहेका छन् ।
आफूहरूले वान्ता भएपछि एपेक्स अस्पतालमा बुधबार साँझ ल्याइएपनि उपचारको क्रममा ओभर डोज सुइ लगाइएपछि मृत्यु भएको पीडितको भनाइ छ ।
इटहरी २ बरगाछीका साढे ३ बर्षीय सन्देश शाहको मृत्यु भएपछि पीडितले प्रदर्शन गरेका हुन् ।
बच्चाको मृत्यु भएपछि अस्पताल प्रशासनसहित उपचारमा संलग्नलाई कारबाही हुनुपर्ने पीडितको भनाइ छ ।
भिडियो
यो पनि – नौ तस्वीरमा हेर्नुहोस् इटहरीको एपेक्स अस्पताल अगाडि भएको प्रदर्शन (फोटोफिचर)
यो पनि – एपेक्स अस्पताल अगाडि ठूलो मात्रामा प्रहरी परिचालन
यो पनि – इटहरीको एपेक्स हस्पिटलमा बिरामीको मृत्यु भएपछि प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अबरुद्ध













Discussion about this post