इटहरी : इटहरीको एपेक्स हस्पिटलको लापरबाहीका कारण बिरामीको मृत्यु भएकाले आन्दोलन भएपछि अहिले ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
आज (बिहीबार) बिहान मृतकका आफन्तले सडकमा प्रदर्शन गरेपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको हो ।
भमिट भएका कारण बुधबार साँझ एपेक्स अस्पतालमा बिरामी ल्याइएपनि लापरबाहीका कारण मृत्यु भएपछि मृतकका आफन्तले प्रदर्शन गरेपछि भीड नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको हो ।
मृतकका बुबाका अनुसार आफ्ना आफ्ना साढे ३ वर्षीय छोरा सन्देश शाहको अस्पतालले लापरबाही गरेका कारण मृत्यु भएको हो ।
‘भमिट रोक्ने दबाइ दिएपनि भमिट नरोकिएपछि अन्य जाँच पनि गरायौँ, सबै जाँच गराउँदा डाक्टरले नर्मल छ भनेको थियो, तर नर्सहरूले ओभरडोज सुई दिएपछि मृत्यु भयो,’ उनले टाकुरासँग भने, ‘भमिट निरन्तर आएपछि निरन्तर ओभरडोज सुइ लगाउँदा मृत्यु भयो ।’
उनका अनुसार आफ्ना छोराको अकालमै मृत्यु भएका कारण अस्पताल बन्द हुनुपर्ने तथा कारबाही हुनुपर्ने मागसहित अहिले राजमार्गमा प्रदर्शन गरिएको छ ।
राजमार्गमा प्रदर्शनका कारण सडक अबरूद्व बनेको छ । सडक अबरुद्व बनेपछि अहिले ठूलो मात्रामा प्रहरी परिचालन गरी भीड तितरबितर बनाउने प्रयास भइरहेको छ ।
नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि भीड नियन्त्रणका लागि खटिएका छन् ।
अहिले पीडितका आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेपनि सहमति भएको छैन ।
भिडियो
यो पनि – इटहरीको एपेक्स हस्पिटलमा बिरामीको मृत्यु भएपछि प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अबरुद्ध
Discussion about this post