इटहरी : इटहरीको एपेक्स हस्पिटलको लापरबाहीले इटहरी बरगाछीका साढे ३ बर्षीय सन्देश शाहको मृत्यु भएपछि पीडितले प्रदर्शन गरेका छन् ।
प्रदर्शनका कारण अहिले पूर्व-पश्चिम राजमार्ग अबरुद्ध बनेको छ ।
डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै पीडित आन्दोलन बनेका हुन् । आफूहरूले भमिट भएपछि अस्पतालमा बुधबार साँझ ल्याइएपनि उपचारको क्रममा ओभर डोज सुइ लगाइएपछि मृत्यु भएको पीडितको भनाइ छ ।
उपचारको क्रममा अस्पतालले चरम लापरबाही गरेकाले आफ्ना छोराको मृत्यु भएको मृतकका बुबाले टाकुरलाई बताए । अहिले मृतकको शव बोकेर पूर्व–पश्चिम राजमार्गको एपेक्स अस्पताल अगाडि नै प्रदर्शन भइरहेको छ ।
‘भमिट रोक्ने दबाइ दिएपनि भमिट नरोकिएपछि अन्य जाँच पनि गरायौँ, सबै जाँच गराउँदा डाक्टरले नर्मल छ भनेको थियो, तर नर्सहरूले ओभरडोज सुई दिएपछि मृत्यु भयो,’ उनले टाकुरासँग भने, ‘भमिट निरन्तर आएपछि निरन्तर ओभरडोज सुइ लगाउँदा मृत्यु भयो ।’
हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डोज सुई लगाईदिँदा बच्चाको ज्यान गएको पीडितका आफन्तको भनाइ छ ।
बच्चाको मृत्यु भएपछि अस्पताल प्रशासनसहित उपचारमा संलग्नलाई कारबाही हुनुपर्ने पीडितको भनाइ छ ।
भिडियो
Discussion about this post