सुनसरी : जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको प्रहरी टोलीले १ जना बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरीनगरा गाउँपालिका १ का ३६ वर्षीय शम्सेर आलम रहेका छन् ।
आलमलाई उच्च अदालत मोरङको २०७५ फाल्गुन २७ गते भएको बैंकिङ कसुर मुद्दा अन्तर्गत फैसला अनुसार ३ महिना कैद र ७१ लाख ९० हजार रुपैंया जरीवाना तोके पछि फरार रहेका थिए ।
आलमलाई पक्राउ गरी हिजो अदालतमा उपस्थित गराउदा जरिवाना बापतको रकम व्यहोर्न नसकि अदालतको आदेश अनुसार थुनामा राख्न झुम्का कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।












Discussion about this post