धरानबाट हिड्दै आएका ३० जना भारतीय नागरिकलाई तरहरा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
तरहरा प्रहरी चौकीले टाकुरालाई दिएको जानकारी अनुसार धरानको बिष्णुपादुकाबाट हिड्दै आएका ३० जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिष्णुपादुकामा मजदुर गर्ने ३० जना नागरिक खान र बस्न सुविधाले नपाएकाले उनीहरू हिड्दै भारतर्फ लागेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई उद्वार गरि इटहरी प्रहरीलाई जिम्मा लगाउने तयारी भएको तरहरा प्रहरी चौकीले जनाएको छ ।
Discussion about this post