झापा : प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बसमा यात्रा गरिरहेका दुई जनाबाट प्रहरीले ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ मा पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको प्र ३–०१–००६ ख ०६२६ नम्बरको बस रोकेर चेकजाँच गर्ने क्रममा चालकको पछाडि रहेको सिटमा सवार झापा बुद्धशान्ति ४ बस्ने ४३ वर्षिय किशोर सुनुवार र काठमाण्डौँ महानगरपालिका ५ बस्ने ३१ वर्षीय सन्त महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले बोकेको पछाडि भिर्ने कालो रङको झोलाभित्र २८ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
दुवैलाई नियन्त्रणमा लिई ईप्रका काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post