इटहरी : नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सभापति समीरजङ्ग शाहले सुनसरीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताएका छन् ।
आइतबार नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा राखेको भेटघाट कार्यक्रममा बोल्दै शाहले सुनसरीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताएका हुन् ।
‘अहिलेसम्म नेपाल प्रेस युनियनको महाधिवेशन मेरो कार्यकालमा इटहरीमा भएको अधिवेशनले मात्रै सर्वसम्मत भएको छ,’ उनले स्मरण गर्दै भने, ‘सुनसरीसँग मेरो त्यसकारण पनि भावनात्मक सम्बन्ध छ ।’
केही महिनाअघि मात्रै नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्ति भएका शाहले सुनसरी प्रेस युनियनले अनुकरणीय काम गरिराखेको भन्दै प्रशंसा गरे ।
उनले भने, ‘प्रेस युनियन सुनसरीले उत्कृष्ट काम गरिराखेको छ, अब उत्कृष्ट के हो भनेर परिभाषित गर्नका लागि अरु काम गरिराख्नुपर्दैन ।’
कार्यक्रममा शाह र नेपाल टेलिभिजन इटहरीका प्रमुख पुष्पहरी क्याम्पा राईलाई स्वागत सम्मान पनि गरिएको थियो ।
प्रेस युनियनका पूर्व सभापति शाह पूर्व आएको अवसर पारेर भेटकाट कार्यक्रमको आयोजना गरिएको युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले बताए ।
उनका अनुसार नेपाल टेलिभिजन इटहरीबाट सरुवा भएर काठमाडौँ जान लागेका पुष्पहरी क्याम्पा राई र शाहलाई सम्मान समेत गरियो ।
साथै सोही अवसरमा युनियन सुनसरीले भर्खरै प्राप्त गरेको जग्गाको पनि अवलोकन गरिएको छ ।














Discussion about this post