उदयपुर : नेपाल आयुर्वेद औषधि व्यवसायी संघ उदयपुर जिल्लाको दोश्रो अधिवेशनले ताराप्रसाद चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
आयुर्वेदिक व्यवसायीलाई मर्यादित भएर सेवामुखी बनाउने उदेश्यले आयुर्वेद औषधि व्यवसायी संघ उदयपुरको अध्यक्षमा चौधरीलाई चयन गरेको हो ।
संघको उपाध्यक्षमा कविता कुमारी शाह, सचिवमा अर्जुन मेहता, र कोषाध्यक्षमा पूजा भट्ट चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा पशुपति शाह, महाकान्त चौधरी, रमेश कुमार शाह र रामकुमारी शाह चयन भएका छन् ।
यस्तै, केन्द्रीय प्रतिनिधिमा जिल्ला अध्यक्ष चौधरी, ओमराज लिम्बू, तेजबहादुर कटुवाल, पशुपति कुमार शाह र अर्जुन मेहता छन् ।
संघका अध्यक्ष ओमराज लिम्बूको अध्यक्षता एवम् नेपाल आयुर्वेद औषधि व्यवसायी संघ १ नम्बर प्रदेश अध्यक्ष जगतबहादुर भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै भट्टराईले आयुर्वेद व्यवसायीले नाफामुखी नभइ सेवामुखी भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । व्यवसायीहरूको पीर मार्कालाई बुझ्न सक्ने र संस्थालाइ निजी स्वार्थरहित बनाउने उदेश्यले संघ स्थापना भएको उनको भनाइ छ ।
आयुर्वेदिक औषधि व्यवसायी संघ प्रदेश १ का सचिव जीपी तिवारीको संयोजकतामा डा. देवीकुमारी गौतम, मोहन श्रेष्ठसहितको निर्वाचन टोलीले अधिवेशन सम्पन्न गरेको हो ।

















Discussion about this post