झापा झापाको मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका ७ सुकुम्बासी टोलका ५४ वर्षीय अमृत खड्का रहेका छन् ।
हिजो बेलुका इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट गएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा खडकाको साथबाट १४ ग्राम प्रतिबन्धीत लागुऔषध ब्राउन सुगर बरामद गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका खड्काको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post