बाख्रा चराउँन जाने क्रममा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडाका १४ बर्षीया अम्बिका रोक्काको बाख्रा चराउँन खोलातर्फ गएको र फर्कदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाई बालिका बेपत्ता भएकी थिइन् ।
उनलाई बगाएको स्थान भन्दा करिव १ किलोलमिटर तल मृत अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
Discussion about this post