झापा : झापाको मेचीनगर नगरपालिका ६ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत गाण्डोगलजोते खरीबारी दार्जेलिङका २४ वर्षीय नन्दन बर्मन रहेका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट पैदल नेपालतर्फ आउदै गरेका बर्मनलाई शंका लागि शरीर खानतलासी गर्दा मलद्वारमा लुकाई राखेको अवस्थामा १ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका बर्मनमाथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post