विराटनगरको कोशी अस्पताल स्थित कोभिड १९ उपचार केन्द्रमा उपचाररत थप ६ जना कोरोना संक्रमित निको भएका छन् ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै उनीहरुको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि भोलि (बुधबार) डिस्चार्ज गरिने जनाएको हो ।
गत वैशाख ५ र ६ गते उदयपुरबाट ल्याईएका १३ जनामध्ये ६ जनाको रिपोर्ट ३ पटकसम्म नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । उनीहरुलाई डिस्चार्ज गरिएपछि केही दिन क्वारेन्टाइनमै राखिने बताईएको छ ।
Discussion about this post