झापा : झापाको मेचीनगर नगरपालिका ६ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेलम्ची नगरपालिका १० सिन्धुपाल्चोक घर भई झापा विर्तामोड नगरपालिका ८ मा रहेको नवदुर्गा सुनचाँदी पसल संचालन गरी बसेका २८ वर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका ७ तेह्रथुम घर भई विर्तामोड ८ मा अटो टेम्पो ग्यारेज संचालन गरी वसेका २७ वर्षीय धन बिर बराल रहेका छन् ।
आज दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट गएको सयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका तामाङ र बरालको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post