निको भएर घर फर्किएका काठमाडौँका एक पुरुषमा फेरि कोरोना संक्रमण देखिएको छ ।
पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षीय पुरुषमा पुनः कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीसँगै उनकी ८१ वर्षीय आमामा वैशाख १ मा कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु पाटन अस्पतालमा उपचार गराएर वैशाख ११ मा डिस्चार्ज भएका थिए ।
Discussion about this post