इटहरी : सत्तारुढ गठबन्धनको बैठकले इटहरी उपमहानगरपालिकाको सिट बाडफाड गरेका छन् ।
आज (बुधबार) बसेको सत्तारुढ गठबन्धनको बैठकले इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीलाई अगाडि सार्ने निर्णय गरेको थियो ।
यसअघि इटहरीमा समाजवादीलाई मेयर दिने हल्लाले कांग्रेसमा असन्तुष्टि बढेको थियो ।
सो हल्लाका कारण नगरसभापति हेमकर्ण पौडेल, मेयरका आकांक्षीद्वय रोहित प्रसाई, भीम पौडेल लगायतका नेताहरू रातारात काठमाडौँ गएर शीर्ष नेताहरूसँग भेटघाट गरी इटहरीको मेयर कांग्रेसले पाउनुपर्ने दाबी गरेका थिए ।
२०७४ सालको निर्वाचनमा पराजित कांग्रेसले यसपटक इटहरीको नेतृत्व गर्ने नेताहरूको दाबी छ ।
यससँगै गठबन्धनको बैठकले विराटनगरको मेयरमा कांग्रेस, उपमेयरमा जसपालाई अगाडि सार्ने निर्णय गरेको छ । यस्तै, धरानमा भने कांग्रेसले मेयर पाउँदा माओबादी केन्द्रलाई उपमेयर दिने निर्णय भएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै जाने भएपछि सत्तारुढ दलहरूको आजको बैठकले सो पालिकामा भागबण्डा गरेको हो ।
Discussion about this post