झुम्का : सुनसरीको रामधुनी नगरपालिकाले राहतका लागि खरिद गरिएको चामलको गुणस्तरमा गुनासो बढेको र मंहगो मूल्यमा खरिद गर्न लागेको भन्दै रामधुनी नगर कांग्रेसद्धारा छानविन हुनुपर्ने माग राखेको छ ।
विपन्न परिवारलाई राहत बितरणका लागि खरिद गरिएको चामलको बढी मूल्यदेखि गुणस्तरमा नै प्रश्न उठेपछि रामधुनी नगरपालिकालाई ध्यानाकर्षण स्वरुप विज्ञप्ती समेत बुझाएको काङ्ग्रेस नगर सभापति सुदीप अधिकारीले जानकारी दिए
राहत वितरणका सम्पूर्ण बिषयमा स्वतन्त्र छानविन हुनुपर्ने, सर्बदलीय संयन्त्रमार्फत अनुगमनको काम गरिनुपर्ने र राहत वितरणको कार्यमा विलम्ब गर्न नहुने माग सहित मेयर जयप्रकाश चौधरीलाई विज्ञप्ती बुझाईएको अधिकारीले बताए ।
Discussion about this post