झापा : झापामा तीनथान बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
डिभिजन बन कार्यालय झापाको गस्ती टोलीले तीनथान भरुवा बन्दुकसहित हल्दिवारी गाउँपालिका ५ का गुप्तबहादुर फागोलाई पक्राउ गरेको हो ।
सब डिभिजन कार्यालयका रेञ्जर दीपकसेन भण्डारीका अनुसार चारकोसे जंगलमा बन्यजन्तु चोरी सिकार गर्नका लागि चारजनाको सख्यामा पुगेका उनीहरू बन कार्यालयको गस्ती टोलि देखेपछि भाग्ने प्रयास गरेका थिए ।
भाग्ने क्रममा एकजनालाई नियन्त्रणमा लिएको उनले बताए । अरु तीनजनाले दुईवटा भरुवा बन्दुक त्यहीँ फालेर भागेको भण्डारीले जानकारी दिए ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।














Discussion about this post