ताप्लेजुङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित लेलेपमा छोराले आफ्नै बुबा–आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
लेलेपका २५ वर्षे आइतराज लिम्बूले ७० वर्ष नाघेका बुबा बृखबहादुर र सोही उमेरकी आमा फिपरानीको हत्या गरेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङ प्रहरीका अनुसार आइतराजले घरमै बुबा–आमाको हत्या गरेको भएपनि कारण खुल्न सकेको छैन ।
आइतराजलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post