Monday, September 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

स्थानीय तह निर्वाचन : प्रदेश १ मा २८ हजार सुरक्षाकर्मी परिचालन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
स्थानीय तह निर्वाचन : प्रदेश १ मा २८ हजार सुरक्षाकर्मी परिचालन

सांकेतिक तस्वीर : गुगल ।

168
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रदेश १ मा २८ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्त (एसपी) नवीनराज राईका अनुसार प्रदेश १ का १४ वटै जिल्लामा १० हजार ५९१ प्रहरी र १७ हजार ४ सय २८ म्यादी प्रहरी परिचालन गरिएको हो ।

निर्वाचनलाई लक्षित गरि मंगलबार राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द रहने जनाइएको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न विशेषगरी सुनसरी, मोरङ, झापाका सीमा नाकामा कडाइ गरिएको एसपी राईले जानकारी दिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार निर्वाचनलाई लक्षित गरेर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा पनि रोक लगाइएको छ ।

उनका अनुसार सुनसरी प्रशासनले एक सूचना जारी गर्दै मौन अवधि सुरु भएपछि निर्वाचनको मतपरिणाम नआउन्जेल सम्मका लागि मादक पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो ।

प्रदेशभर ३२१ मतदान स्थल अति संवेदनशील

प्रदेश १ मा ३ सय २१ मतदान स्थल ‘अति संवेदनशील’ रहेको बताइएको छ ।

‘साबिकका निर्वाचनमा त्यहाँ भएका घटनाहरू र भूगोलको आधारमा हामीले पूर्वानुमान गरेर वर्गीकरण गरेका हौँ,’ सुनसरीका प्रजिअ यादव भन्छन्, ‘सबैभन्दा सामान्य राखिएको निर्वाचन स्थल पनि अति संवेदनशील हुनसक्छ, निर्वाचन भनेको ठ्याक्कै पूर्वानुमान गर्न सकिने घटना होइन ।’

सुनसरीमा दुईवटा उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिका गरी १२ वटा स्थानीय तह छन् । जसमा १२४ वटा वडामा सो संख्यामा मतदानस्थल रहेको प्रजिअ यादवको भनाइ छ ।

‘एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र रहेको छ, हामीले एउटा मतदान केन्द्रमा पाँचजना कर्मचारी खटिनेगरी काम गरिरहेका छौँ,’ उनले भने, ‘जसमध्ये चार हजार ९५ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।’

उनका अनुसार सुनसरीमा १,१६६ जना नेपाल प्रहरी, ५१२ जना सशस्त्र प्रहरी बल, ३३० जना नेपाली सेना, १९ जना राष्ट्रिय अनुसन्धान समूह र २०६८ जना म्यादी प्रहरी गरी उक्त संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख, कृष्णप्रसाद पौडेलले निर्वाचनलाई स्वच्छ बनाउने बताए । ‘निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउनका लागि आचारसहिंता बनाइएको हो, यो सबैका लागि लागू हुन्छ,’ उनले भने, ‘समाजमा सबै जातिका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने नभइ त्यस विरुद्वका क्रियाकलाप गर्ने, असर पार्ने किसिमका क्रियाकलाम नगर्न पनि सूचित गरिएको छ ।’

जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थललाई ३ तहमा वर्गीकरण गरेको छ ।

सो वर्गीकरण अनुसार प्रदेशका १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८ सय ७७ मतदान स्थल मध्ये ३ सय २१ मतदान केन्द्र अति संवेदनशील वर्गीकरण गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी राईले जानकारी दिए ।

उनका अनुसार प्रदेशमा ८ सय ४९ वटा संवेदनशील र ७ सय ७ वटा सामान्य रहेको बताए ।

Tags: #प्रदेश १#स्थानीय तहनिर्वाचनस्थानीय निर्वाचन २०७९
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी
विविध

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

धरान : कोशी प्रदेशमा हिमालदेखि तराईसम्म पर्यटनका लागि आवश्यक प्राकृतिक स्रोत र गन्तव्य भए पनि पर्यटकलाई लामो समयसम्म राखेर स्थानीय...

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको...

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.