इटहरी (डेक्स) : मोरङ र झापाबाट प्रहरीले लागूऔषध सहित तिन जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ७ का २३ वर्षीय दिपक चौधरी, झापा भद्रपुर नगरपालिका ८ का २१ वर्षीय पवन बासफोर र २४ वर्षीय आशिष राजबंशी रहेका छन् ।
हिजो बेलुका लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट गएको प्रहरी टोलीले चौधरीलाई विराटनगर महानगरपालिका १६ दरैया बाट लागूऔषध लुपिजेशिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाईजेल्याब १२ एम्पुल,फेनारगन १२ एम्पुल, नाईट्रोसन २० ट्याब्लेट सहित पक्राउ गरेको हो भने , हिजै बेलुका जिल्ला प्रहरी कार्यालय झापाबाट गएको प्रहरी टोलीले बासफोर राजबंशीलाई लुपिजेसिक ३५ एम्पुल, फेनारगन ३७ एम्पुल, डाईजेपाम ३५ एम्पुल, लेबल बिनाको ३ एम्पुल र लागूऔषध लोड भएको १०ml को सिरिन्ज थान १ सहित घरैबाट पक्राउ गरेको हो ।
पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post