इटहरी : इटहरीका एकसहित दुईजनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार विराटनगर १५ र तेह्रथुमको लालीगुँरास २ बाट प्रतिवन्धित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी ६ का २० वर्षीय आस्मिक कार्की र तेह्रथुमको बसन्तपुरका २४ वर्षीय जोसेफ गुरुङ रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगबनीबाट नेपाल आउँदै गरेका इटहरी ६ का कार्कीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ४२ मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बसन्तपुर बजारमा शंकास्पद अवस्थामा हिँडिरहेका स्थानीय गुरुङले बोकेको झोला चेकजाँच गर्ने क्रममा ६ ग्राम १०० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post