खोटाङ : सामान्य वादविवादको क्रममा खोटाङमा धकेलेर एक वृद्व पुरुषको हत्या भएको छ ।
खोटाङको केपिलासगढी गाउँपालिका २ खार्ताम्छाका २९ व्र्षीय मनकुमार राईले सामान्य वादविवाद हुँदा धकेलेर सोही स्थानका ६९ वर्षीय हरिप्रसाद राईको हत्या गरेका हुन् ।
गत १९ गते राति ११ बजे आपसी विवाद हुँदा धकेलेर लडाउँदा घाइते भएका हरिप्रसादको न्यूरो अस्पताल काठमाण्डौँमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post