इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा दुई दिने पाठ्यक्रम अभिमुखीकरण कार्यशाला सुरु भएको छ ।
इटहरीमा शनिबार (आज)बाट सुरु कार्यशाला आइतबार समापन हुने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भट्टराईले जानकारी दिए ।
कार्यशालामा कक्षा ११ र १२ अन्तर्गत अनिवार्य विषयहरू नेपाली, अंग्रेजी, गणित र सामाजिक विषयका शिक्षकहरूलाई पाठ्यक्रम अभिमुखीकरण गराइने भट्टराईले जानकारी दिए ।
अभिमुखीकरण कार्यशालामा सुनसरीका निजी तथा सामुदायिक विद्यालयका २–२ जना गरी जम्मा १ सय ५० जना बिषयगत शिक्षक शिक्षिकाको सहभागिता रहेको छ ।
कार्यक्रममा सहभागी शिक्षक शिक्षिकाहरूलाई पाठ्यक्रम विकास केन्द्रका प्रशिक्षकहरु डा. बामदेब अधिकारीले अनिवार्य अंग्रेजी, इन्दु खनालले अनिवार्य नेपाली, हेमराज खतिवडाले सामाजिक र जगन्नाथ अधिकारी तथा केशवराज फुलाराले गणित बिषयको सहजीकरण गर्ने हिसान सुनसरीका सचिव हेमन्त भण्डारीले बताए ।
कार्यक्रममा शैक्षिक गुणस्तर उकास्न सरकारी प्रयास पर्याप्त नभएको बेला निजी विद्यालयहरुको संगठनबाट यस्तो कार्यक्रम आयोजना हुनु गौरवको विषय भएको हिसानका केन्द्रिय सल्लाहकार लेखनाथ घिमिरेले बताए ।














Discussion about this post