मोरङ : जिल्ला समन्वय समिति (जिसस) मोरङमा एमालेको प्यानल नै विजयी भएको छ ।
एमालेका अजम्बर राई प्रमुख र उषा झा ठाकुर उपप्रमुखमा निर्वाचित भएका छन् । प्रमुखमा निर्वाचित राईले २१ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतेन्द्र अग्रवालले १३ मत ल्याए ।
त्यस्तै, उपप्रमुखमा पनि एमालेकी झाले २१ मत नै ल्याइन् । कांग्रेसकी उम्मेदवार निलमकुमारी सरदारले १३ मत ल्याइन् ।
मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार महिला सदस्यमा उमा नेपाली, उर्वसीकुमारी थारु र हरिमायाँ विश्वकर्मा निर्वाचित भएका छन् ।
खुल्ला सदस्यमा तुलसीप्रसाद घिमिरे, देवमणी कटुवाल र मित्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।














Discussion about this post