झापा : झापाको मेचीनगर नगरपालिका १२ हापाडाँगीबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ वर्षीय सुरज मेचे र २२ वर्षीय जीवन सार्कीलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट प्रहरीले ८ ग्राम ५२ मिलिग्राम लागूऔषध ब्राउनसुगर, नगद ७३ हजार, १ थान मोबाइल र १ थान डिजिटल तराजु समेत बरामद गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post