इटहरी : सुनसरी जिल्ला भलिबल संघको अध्यक्षमा इटहरीमा विक्रमबाबु थापा चयन भएका छन् ।
५ औँ अधिवेशनले सर्वसम्मत रूपमा थापाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।
यस्तै, उपाध्यक्षमा दिलिप श्रेष्ठ, ढुण्डिराज गुरागाईँ, महासचिवमा माधव सापकोटा र कोषाध्यक्षमा लोकेन्द्र कार्की चयन भएका छन् ।
केन्द्रीय प्रतिनिधि मदन खड्का ,विश्व धिमाल र प्रदेश प्रतिनिधि लेखनाथ पराजुली लगायतको उपस्थितिमा समिति गठन गरिएको हो ।
Discussion about this post