Monday, April 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा कवि चन्द्र गुरुङको कवितासङ्ग्रहमाथि विमर्श

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ११, २०७९
in कला साहित्य, समाचार
0
इटहरीमा कवि चन्द्र गुरुङको कवितासङ्ग्रहमाथि विमर्श
200
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कवि चन्द्र गुरुङको नवकृति ‘जब एउटा मान्छे हराउँछ’ माथि इटहरीमा विमर्श कार्यक्रमको आयोजना गरिएको छ ।

शनिबार इटहरीको क्यानभास साहित्य समाजले सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा विमर्श कार्यक्रमको आयोजना गरेको हो ।
विमर्श कार्यक्रमलाई कवि विनय सरगमले सहजीकरण गरेका थिए ।

वक्ताका रूपमा रहेका कवि बद्री भिखारीले कवि गुरुङका कवितासङ्ग्रहमा सरल र नरम कविताहरू रहेको उल्लेख गरे । ‘कविताहरू सरल र शक्तिशाली छन्,’ भिखारीले भने, ‘मानिस जस्तै नरम कविताहरू रहेकाले यो सङ्ग्रहले न्याय पाएको छ ।’

वक्ताकै रूपमा रहेकी कवि मिश्र बैजयन्तीले गुरुङका कवितासङ्ग्रहमा सामान्यजस्ता कविता लागेपनि असामान्य कविताहरू रहेको तर्क गरिन् ।

‘कविता सामान्यजस्ता लागेपनि कविले कवितालाई मनन गर्न सकेका छन्,’ उनले भनिन्, ‘कविले कवितामा पहिचानका मुद्वा सशक्त रूपमा उठाएका छन्, बा को अनुहार आफूजस्तै देख्नु भनेको पहिचानको कुरा हो ।’

सङ्ग्रहभित्रको ‘बाको अनुहार’ शीर्षकको कविताले ‘बा’ भित्र रहेको दुःख, जिम्मेवारी सँगै ‘बा’ को सपना आफ्नो काँधमा आएकाले यस्ता कविता जीवन्त हुने उनले बताइन् ।

कवि चन्द्र गुरुङले भने आफू लामो समयसम्म वैदेशिक रोजगारीमा रहेका कारण कविता आफ्नो लागि साथीका रूपमा आएको बताए ।

‘वैदेशिक रोजगारीमा रहँदै धेरै कविताहरू सङ्ग्रहभित्र छन्, मेरा लागि कविता साथीका रूपमा आइदियो,’ उनले भने, ‘विशेषतः अनुवाद पनि गर्दै जाँदा कविताको रसमा मिसिएँ ।’

कार्यक्रममा कविद्वय मनु मञ्जिल र राजेश विद्रोहीले सङ्ग्रहभित्रको कविता वाचन गरेका थिए ।

कवि मञ्जिलले कार्यक्रममा बोल्दै कविले शब्दको खेल खेल्ने बताउँदै भने, ‘कवि पनि खेलाडी जस्तै हो, खेलाडीले पोस्टमा गोल हानेपनि नहानेपनि बल खुट्टामा पु¥याउँदा दर्शकले हुटिङ लगाउँछन्, कविता पनि यस्तै–यस्तै हो ।’

आयोजक क्यानभास साहित्य समाजका अध्यक्ष भरत दाहालले आफूहरूले नियमित कार्यक्रम गर्दै आएको बताए ।

Tags: कविताक्यानभास साहित्य समाजचन्द्र गुरुङविमर्श
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ
समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ७, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–२ सरदार टोलमा लागूऔषध गाँजा कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा गाँजा बरामद...

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ
FEATURE BREAKING

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

by रासस
बैशाख ७, २०८३
0

झापा : भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ ।...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

बैशाख ७, २०८३
पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

बैशाख ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1311 shares
    Share 524 Tweet 328
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.