झापा : झापाको शिवसताक्षी नगरपालिका १० दोमुखाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध ब्राउनसुगरको किनबेच भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले पाँचजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इलामको माई नगरपालिका ८ का २५ वर्षीय सुजेन्द्र राई, झापाको कन्काई नगरपालिका ३ का ४३ वर्षीय बेनुप्रसाद चिमरिया र कन्काई ४ का ३२ वर्षीय हेमनारायण चौधरीलाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले १७ ग्राम लागूऔषध ब्राउनसुगर, नगद ८८,५००, मोबाइल २ थान र ३ थान मोटरसाइकल बरामद गरेको छ ।
यस्तै, सोही स्थानमा लागूऔषध खरिद गर्न आएका झापाको दमक नगरपालिका १० का २८ वर्षीय सुजन राई र दमक नगरपालिका ९ का २५ वर्षीय सुरज तामाङलाई को ६ प ६९४८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका पाँचैजनामाथि इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post