Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

लागूऔषध दुरुपयोगलाई रोक्नका लागि सबैको भूमिका महत्वपूर्ण : मन्त्री कार्की

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १२, २०७९
in समाचार
0
लागूऔषध दुरुपयोगलाई रोक्नका लागि सबैको भूमिका महत्वपूर्ण : मन्त्री कार्की
150
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले लागूऔषध दुरुपयोगलाई रोक्नका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

आइतबार अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्व दिवसको अवसरमा विराटनगरमा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै मन्त्री कार्कीले लागूपदार्थको अवैध कारोबार तथा धन्दालाई निरुत्साहित पार्न प्रदेश सरकार लागि परेको उल्लेख गरे ।

‘प्रदेश सरकार लागूपदार्थ दुरुपयोगलाई निरुत्साहन गर्न लागिपरिरहेको छ, सबैसँगको समन्वयमा यो सम्भव पनि छ’ उनले भने, ‘आन्तरिक मामिला मन्त्रालयले पुनःस्थापना केन्द्रहरू, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयहरूसँग समन्वय गरिरहेको छ ।’

खासगरी किशोरकिशोरी समूहमा विद्यार्थी लागूऔषधको अवैध प्रयोगकर्ता बढी रहेको उल्लेख गर्दै मन्त्री काकीले त्यसलाई रोक्नका लागि पनि विद्यार्थीले भूमिका खेल्नुपर्ने बताए । ‘एउटा विद्यार्थी घरपरिवार भन्दा बढी साथीसँग नजिक हुन्छ, उ कुलतमा फस्न लाग्दा साथीले नै रोक्नसक्छ ।’ उनले भने ।

प्रभातफेरी

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले तीनै तहका सरकार लागूपदार्थ दुरुपयोगलाई निरुत्साहन गर्न लाग्नुपर्ने बताउँदै प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

नवज्योतिपुनः स्थापना केन्द्रकाअध्यक्ष सुशील रिजालले पुनःस्थापना केन्द्रमा काम गर्नेहरू दिनरात नभन्दै काम गर्दै आएको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइराला, कोसी अस्पतालका प्रमुख डा.यज्ञराज खरेल, सुरक्षा निकायका प्रतिनिधि, पुनःस्थापना केन्द्रका प्रतिनिधि, विभिन्न क्याम्पसका विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

Tags: #विराटनगरकेदार कार्कीप्रभातफेरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    765 shares
    Share 306 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.