Monday, June 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १३, २०७९
in समाचार
0
इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

पत्रकार सम्मेलन गरी जानकारी दिँदै मेनपावर सञ्चालक ।

282
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा सञ्चालित बिना इजाजतका मेनपावरलाई तत्काल कानूनी प्रक्रिया पूरा गर्न आह्वान गरिएको छ ।

संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीले सोमबार पत्रकार सम्मेलन गरी बिना इजाजत सञ्चालित मेनपावर कम्पनीलाई तत्काल इजाजत लिन आह्वान गरिएको हो ।

इटहरीमा आधिकांश मेनपावरका शाखा कार्यालय बिना इजाजत सञ्चालित छन् । आइतबार श्रम तथा रोजगार कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको प्रहरीले संयुक्त रूपमा मेनपावरहरू कम्पनीमाथि छापा मारेको थियो ।

अनुगमनका क्रममा बिना इजाजत भेटिएका मेनपावर कम्पनीलाई कानूनी रूपमा दर्ता गर्न निर्देशन जारी गरिएको थियो । तथ्याङ्क अनुसार इटहरीमा ६० भन्दा बढी गैरकानूनी मेनपावरका शाखा छन् ।

जसले गर्दा विदेश जानेहरूको लगानी जोखिममा हुनुको साथै मेनपावर व्यवसायको छवि बिग्रदै गएको जनगुनासो बढेको छ ।

जनगुनासो बढेपछि संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीले इजाजतको प्रक्रियालाई सहज बनाउन वैदेशिक रोजगार विभाग र सरकारसँग पहल गर्ने संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीका संयोजक दुर्गा थापाले बताए ।

‘अवैध कम्पनीका कारण इजाजत पूरा भएर सञ्चालनमा भएका कम्पनीहरू बद्नाम भए,’ उनले भने, ‘कतिपय मेनपावरका शाखा इजाजतको प्रक्रियामा रहेको त कति जथाभावी कोठा भाडामा लिएर अवैध रूपले वैदेशिक रोजगारमा जानेहरुसँग पैसा र पासपोर्ट उठाउने गरेकाले जनगुनासो बढ्दो छ, यसले गर्दा पनि हामी बद्नाम भयौँ ।’

साथै, मेनपावर कम्पनीको नाममा बिचौलिया बढी हाबी भएका कारण समेत मेनपावरप्रति विश्वास गुम्दै गएको संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीका सचिव गणेश ओलीले बताए ।

इजाजत प्राप्त मेनपावरको छाता संगठन संयुक्त वैदेशिक रोजगार व्यवसायी इटहरीले लुकिछिपी तथा गैरकानूनी रुपमा अब इटहरीमा वैदेशिक रोजगारका गतिविधि सञ्चालन नगर्न पहल थालेको हो ।

यसको लागि सबै निकायसँग पहल थालिने भएको छ ।

यो पनि – इटहरीका मेनपावरमा प्रशासनको अनुगमन, यी कम्पनी अवैध भेटिए

Tags: #इटहरीमेनपावर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०८३
0

इटहरी : सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवनस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको सवारी दुर्घटनामा एक युवाको मृत्यु भएको छ। टायर पञ्चर भई...

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
विविध

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

by रासस
जेष्ठ २४, २०८३
0

उदयपुर : जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न...

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

जेष्ठ २५, २०८३
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.