झापा : झापाको दमक नगरपालिका ५ गोर्खाली टोलबाट लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय प्रकाश राई, २६ वर्षीय प्रवेश राई र ३० वर्षीय भानुभक्त सुन्दास रहेका छन् ।
लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूको साथबाट डिजिटल तराजुसहित लागूऔषध ब्राउनसुगर २१ ग्राम ५९० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनैजनामाथि इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post