इटहरी : सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका वडा नम्बर ५ स्थित सुनसरी खोला नजिक दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अुनसार पश्चिमतर्फ जाँदै गरेको को २८ प ४०९३ नम्बरको मोटरसाइकलले दक्षिणबाट उत्तरतर्फ राजमार्ग क्रस गर्दै गरेको को १९ प ९९६५ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिँदा चालक भोक्राहा–नरसिंह ५ बस्ने रज्जाक मन्सुरीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएको उनको उपचारको लागि जिल्ला अस्पताल इनरुवा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, को १९ प ९९६५ मा पछाडि सवार मोटरसाइकल चालक मृतक रजाक मियाको श्रीमती अन्दाजी ३५ वर्षीय गुलो खातुन गम्भीर घाइते भएकी छन् ।
दुर्घटनामा इनरुवा नगरपालिका वडा नम्बर ९ बस्ने दशतकिर खान र वडा नम्बर १० बस्ने बहिस अन्सारी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
को २८ प ४०९३ नम्बरको मोटरसाइकल तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post