झापा : मोरङको पथरीशनिश्चरे नगरपालिका २ का २२ वर्षीय मिलन दर्जीलाई प्रहरीले लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट उनलाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ९ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दर्जीलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post