इटहरी (डेस्क) : मानव बेचबिखन मुद्वाकी फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत सुनसरीको २०७८।०३।२२ गतेको फैसलाले मानब बेचबिखन ओसारपसार मुद्वामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेकी धरान १६ की ४६ वर्षीया सरिता भन्ने कृष्णकुमारी लिम्बूलाई पक्राउ गरिएको हो ।
खोजतलास गर्ने क्रममा गाउँघरमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतमा हाजिर गराएर कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post