विराटनगर : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक सुदीप गिरी कार्यालयमा हाजिर भएका छन् ।
नेपाल सरकार गृह मन्त्रालयले असार १९ गते गरेको निर्णयानुसार प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भई गिरीले आजै कार्यभार सम्हालेका हुन् ।
यसअघि विशेष ब्यूरो, सिआईबी, अपराध महाशाखा जस्ता महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरेका गिरीले विभिन्न चर्चित अपराधका घटनाहरूमा अनुसन्धानको नेतृत्व गरेका छन् ।
विराटनगरमा हाजिर भएपश्चात गिरीले प्रहरी कर्मचारीहरूलाई प्रहरी आचरण र व्यवहारमा सुधार ल्याइ अपराधरहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जनचाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए ।














Discussion about this post