झापा : झापाको मेचीनगर नगरपालिका १० खयरडाँगीबाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय नोसाद मोहमद रहेका छन् ।
शुक्रबार इलाका प्रहरी कार्यालय धुलाबरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोहमदको साथबाट १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका उनको सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post