झापा : झापाको मेचीनगर नगरपालिका ६ मेची पुलबाट एक युवतीलाई प्रहरीले लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ७ नयाँ बसपार्क बस्ने २२ वर्षीया रोजिना आले खड्का रहेकी छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेकी खड्कालाई लागूऔषध ब्राउनसुगर २ ग्रामसहित पक्राउ गरिएको हो ।
पक्राउ परेकी खड्काको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post