सोलुखुम्बु : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ५ का ५७ वर्षीय सुब्बा कामीको हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार असार २५ गते राति श्रीमान–श्रीमती सँगै सुतेकोमा २६ गते बिहान श्रीमान मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुबाट प्रहरी टोली खटिई अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको क्रममा मृतककै श्रीमती ५५ वर्षीया बुदामाया बिक र स्थानीय ५३ वर्षीया ङिमा तामाङले हत्या गरेको खुलेसँगै दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हत्याको आरोपमा पक्राउ परेका दुवैजनामाथि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले थप अनुसन्धान गरिरहेको छ ।













Discussion about this post