झापा : भारतबाट अवैध रूपमा लुकाइछिपाई नेपाल भित्राइएको करिब एक लाख ३५ हजार मूल्य बराबरको पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ ।
नेपालमा प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ (पटाका) सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट पृथ्वीनगरबाट खटिएको टोलीले तिरुपति चिया उद्योगको पश्चिम चिया बगानबाट बरामद गरेको सशस्त्र प्रहरी २ नम्बर गण झापाले जनाएको छ ।
बरामद गरिएको पटाकाहरू किङ कोब्रा इलेक्ट्रिक क्रेकर बम एक हजार प्याकेट, राउन्ड क्रकेर बम ५० प्याकेट, रकेट बम ५० प्याकेट र ग्राउन्ड चक्कर ब्रान्डको बम ५० प्याकेट रहेको बिओपी पृथ्वीनगरका इन्स्पेक्टर मान बहादुर कटुवालले जानकारी दिए ।
चाडपर्वलाई लक्षित गरी भित्राइने बारुदजन्य पटाकाहरू असार महिनामा भित्रिन थालेपछि सशस्त्र प्रहरीले त्यसतर्फ निगरानी बढाएको हो ।












Discussion about this post