माछा मार्ने क्रममा करेन्ट लागेर इटहरीमा एकजनाको मृत्यु भएको छ ।
इटहरी उप–महानगरपालिका वडा नं. १६ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो ।
घर छेउमा रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा ३५ बर्षीय बिष्णु चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post