झापा : पूर्वी नाका मेची पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कन्काई नगरपालिका ४ निवासी ३२ वर्षीय सनम श्रेष्ठ र सोही ठाउँका २५ वर्षीय सन्दीप कुमाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार शनिबार दिउँसो मेचीनगर नगरपालिका ६ स्थित पुरानो मेची पुलमा इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट गएको सयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागेर चेकजाँच गर्दा कुमालको साथबाट ६ ग्राम ब्राउन सुगर फेला परेको थियो।
ब्राउन सुगरसहित फेला परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।












Discussion about this post