सुनसरी : सुनसरीको ईनरुवा नगरपालिका ४ बाट ठुलो परिमाणको गाँजा सहित एक जनालाई प्रहरीले प्रकाउ गरेको छा ।
अस्थाई प्रहरी पोष्ट बसपार्कबाट गएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ख २९२६ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा ७ बोरा २०८ केजी गाँजा फेला पारी बरामद गरेको हो ।
पिकअपमा गाँजा बरामद भएसंगै चालक सहिद भुमि गाउँपालिका २ धनकुटाका २० वर्षीय तेज राईलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post