झापा : झापाको शिवसताक्षी नगरपालिका १ धरमपुर चर्चाबारीबाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थान शुक्रबारे बस्ने २१ वर्षीय किरण श्रेष्ठ रहेका छन् ।
इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई लागूऔषध ब्राउनसुगर १ ग्राम ६०० मिलिग्रामसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका श्रेष्ठको इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post