इटहरी : विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका ८ का ४० वर्षीय सन्तोष मानन्धर रहेका छन् ।
बिहीबार (आज) दिउँसो साढे ३ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मानन्धरलाई नाईट्रोसन ५० ट्याब्लेटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post