झापा : झापाको मेचीनगर नगरपालिका ६ काँकडभिट्टास्थित पुरानो मेचीपुलबाट ब्राउनसुगरसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सिक्किम बस्ने ३० वर्षीय मेगबिर लिम्बू र २३ वर्षीय बुद्धबीर लिम्बू रहेका छन् ।
उनीहरू दाजुभाइ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरूलाई लागूऔषध ब्राउनसुगर ७ ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post