इटहरी : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोख्रेलका अनुसार राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईलाई कोरोना संक्रमण भएको हो ।
मुख्यमन्त्रीका सचिवालयका सदस्यहरू, परिवारका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनामा सोमबार गरिएको पीसीआर परीक्षणमा तीनजनामा कोरोना संक्रमण देखिएको हो ।
तीनै जना संक्रमित अहिले होम आइसोलेसनमा रहेका छन् ।
तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पोख्रेलले जानकारी दिए । कोभिड सङ्क्रमणका कारण मुख्यमन्त्रीका सबै कार्यक्रम स्थगित गरिएको छ ।












Discussion about this post