भोजपुर : कोरोना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ ।
शिक्षक, विद्यार्थी र अभिभावकलाई कोरोना पोजेटिभ भएपछि एक साताका लागि गाउँपालिकाभित्रका सबै विद्यालय बन्द गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजन ढकालले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाको निर्णयअनुसार साउन २४ देखि २९ गतेसम्म सम्पूर्ण विद्यालयहरू बन्द गरिएको हो ।
पालिकाको अन्नपूर्ण, कोट, गोगनेल गायत विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ ।














Discussion about this post