विराटनगर : विराटनगरमा दुई पक्षबीच कुटाकुट हुँदा १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता, डीएसपी दीपक श्रेष्ठका अनुसार मंगलबार साँझ दुई पक्षबीच कुटाकुट हुँदा १० जना घाइते भएका हुन् ।
विराटनगर महानगरपालिका १२ मल्हन्वा टोलस्थित गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको श्रेष्ठले जानकारी दिए ।
दुईपक्षबीच झढप हुँदा राजकुमार कामत गम्भीर घाइते भएका छन् । गम्भीर घाइते कामतको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य नौ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
राजवंशीतर्फका अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका छन् ।
यस्तै, कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएका छन् । उनीहरुको कोसी अस्पतालमा उपचार भइरहेको छ ।
पुरानो रिसईबीका कारण झडप भएको प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



















Discussion about this post