झापा : झापामा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा गाउँपालिका ६ चन्द्रबस्तीका ४० वर्षीय नाइके हस्दा रहेका छन् । शुक्रबार राति १० बजेतिर श्रीमती ३५ वर्षीया तालामई हस्दाको हत्या गरी नाइके फरार थिए ।
उनलाई शनिबार बिहान ८ बजे नेपाल–भारत सीमा क्षेत्र कचनकवल गाउँपालिका १ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए ।
मादक पदार्थ सेवन गरी घर आएका नाइकेले तालामईमाथि छुरा प्रहार गरी हत्या गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post