इटहरी : सुनसरीको बराहक्षेत्र वडा नं. ९ मा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय श्री सरस्वती माबिका शिक्षकलाई यौन दुर्व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
कक्षा ८ र ९ मा अध्यापन गराउँदै आएका शिक्षक डम्बर पइँकरालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आरोपित शिक्षकले कक्षामा अध्ययनरत छात्राहरूको संवेदनशील अङ्गमा हात लगाउने र अस्वाभाविक कुराहरू गर्ने पीडित छात्राहरू तथा अभिभावकहरूको आरोप छ ।
आइतबार बिहान विद्यालयमा आरोपित शिक्षक र पीडित बिद्यार्थीहरु राखेर माफी मगाउन खोजिएपछि आक्रोशित विद्यार्थी अभिभावकहरू विरोधमा उत्रिएका थिए । प्रहरीले भने शिक्षकलाई तत्कालै पक्राउ गरेको थियो ।
घटनाको विषयमा छानबिन हुने इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिए ।














Discussion about this post